Friday, May 3
Shadow

खेलकुद

रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

खेलकुद
काठमाडौँ , पुस २० । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडीनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसमाथि ४-१ को फराकिलो जित हात पारेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै उडीनेसको भने १४ खेलमा १५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।...
प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

प्रभु मनि ट्रान्सफरद्धारा शोले यूवा क्लब तमानखोला लाम्मेलालाई खेलकुद सामाग्री सहयोग

खेलकुद, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
लक्ष्मी तिवारी/काठमाण्डौं १९ विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले तमानखोला गा.पा.४ मा रहेको शोले युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ । संचारकर्मी जसिन्द्र श्रीपालीको पहलमा प्रभू प्रभु मनि ट्रान्सफरले खेलकुद सामाग्री सहयोग गरेको हो। प्रभू बैंक तथा ग्रुपमा अध्यक्ष समेत रहनुभएका बंंैकर देवि प्रकाश भट्टचनको जन्मथलो समेत रहेको उक्त क्लबले खेलकुद क्षेत्रमा मात्र नभएर समाजमा चेतना स्तर उकास्न, सामाजिक जनचेतनाको काम हरु समेत गर्न सकोस भन्ने अपेक्षा रहेको प्रभु मनी ट्रान्सफरको अपेक्षा रहेको बताउनु भएको छ । भट्टचन केहि वर्ष पहिले सोहि क्लबले प्रत्येक वर्ष आयोजना गर्ने जेष्ठ मेला समापन गर्न हेलिकप्टर मार्फत परिवारिक सदस्य सहित उक्त स्थानमा पुग्नुभएको थियो । हाल कोरोना महामारिको समय छ यो समय प्राय मान्छे गाउघरमा फुर्सदिला भ...
पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

खेलकुद, समाचार
काठमाण्डौँ, पुष १९ पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ। दाङको लमहीमा सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो। पीएम कप प्रदेश १ ले पहिलोपटक जितेको हो।
प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

खेलकुद, समाचार
काठमाडौ, पुस १८ प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित २२ रन बनाउँदा रेवती धामीले १२ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ३ विकेट लिँदा सीता रानामगरले १ विकेट लिइन्। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योति पाण्डेले अभिजित रहँदै सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले १९ रन ब...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः आज सेमिफाइनलका खेल हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः आज सेमिफाइनलका खेल हुँदै

खेलकुद
काठमाडौं , पुस १८ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै आजै हुने अर्को खेलमा समूह ‘बी’को विजेता प्रदेश एकले समूह ‘ए’ को उप विजेता लुम्बिनीसँग खेल्ने छ । ८ वटा टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले भोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।...
प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २0२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ । आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् । तर, पनि सुदूरपश्चिम प्रदेश वाग्मतीभन्दा बलियो टिमका रुपमा छ । त्यस्तै आज हुने दिनको दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेशले...
प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

खेलकुद
काठमाडौं , पुस १४ । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो । लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ । जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।...
पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १४ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् । तुलनात्मक रुपमा सुदूरपश्चिम गण्डकी प्रदेशभन्दा बलियो टोली हो । त्यसैले आजको खेल रोमाञ्चक हुने छ । आज नै हुने दोस्रो प्रदेश १ र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै २ अंक आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ उपाधि दावेदारको रुपमा हेरिएको छ ।...
पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

पीएम कपमा आज दुई खेल हुँदै , एपीएफलाई समूह विजेता बन्ने मौका

खेलकुद
काठमाडौं, पुस १३ । महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत आज ९सोमबार० दुई खेल हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी खेलमा एपीएफलाई समूह विजेता बन्ने मौका छ । आज समूह ए अन्तर्गत अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश २ सँग खेल्दैछ । दुई टोलीबीचको खेल बिहान ९ बेज सुुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सुखद विदाईको अपेक्षामा हुनेछन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा रहेको छ । पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थिय...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

खेलकुद
काठमाडौं , पुस ११ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।...