Tuesday, April 23
Shadow

प्रिमियर लिग: वेस्टह्‍याममाथि चेल्सीको सहज जीत


  • -इ
  • इ+

काठमाडौं, पुस ७ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा चेल्सीले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेस्टह्‍याम युनाइटेडलाई ३-० ले हराएको हो ।

चेल्सीको जीतमा टामी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए ।

खेलको १०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका डिफेन्डर बेन चिलवेल १०औं मिनेटमा नै चोट बोक्दै मैदानबाट बाहिरिएपछि उनको स्थानमा एमरसन प्रवेश गरेका थिए ।

गोल फर्काउन प्रयासरत वेस्टह्‍यामले केही अवसरहरु पाएपनि कुनैमा चेल्सीका गोलरक्षक र डिफेन्डर बाधक बनेका थिए भने केही प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ७८औं र ८०औं मिनेटमा टामी अब्राहमले दुई गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । वेस्टह्‍याम खेलमा फर्कन नसक्दा अन्तिम नतिजा त्यही हुन पुग्यो ।

जीतसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ भने पराजित वेस्टह्‍याम २१ अंकसहित १०औं स्थानमा छ ।गएराति नै भएको अर्को खेलमा बर्नलीले वुल्भरह्‍याम्पटन वान्डर्रसमाथि २-१ को जीत निकालेको छ ।

यस जीतले बर्नली १३ अंक जोड्दै १६औं स्थानमा उक्लिएको छ भने पराजित वुल्भ्स २० अंकसहित ११औं स्थानमा छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares