Friday, March 29
Shadow

बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ४
बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन आएको छ । शनिवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । उक्त फुटसल युवा दिपेन्द्र कुमार क्षेत्रीले संचालनमा ल्याएका हुन् ।

पछिल्लो समय खेलाडि तथा युवाहरुको रोजाईमा पर्न थालेको छ फुटसल । सोहि कुरालाई मध्येनजर गर्दै फुटसल संचालनमा ल्याएको संचालक क्षेत्रीले बताए । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पछिल्लो समय युवाहरु अन्य आय मुलक व्यवसाय गरिरहदाँ फुटसल संचालनमा ल्याउनु राम्रो कार्य भएको उनले बताए ।

साथै कार्यक्रमका विशेष अतिथिहरु काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, फुटबल प्रशिक्षक राजु शाक्य, अतिथिहरु अधिवक्ता ईन्द्र अर्याल, जापान सितेरियो करातेका अध्यक्ष माधव राज थापाले युवा वर्गको लागि सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares