काठमाडौं , पुस ९ । म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वार्टरफाइनलको खेलमा युनाइटेडले एभर्टनलाई २-० ले पराजित गरेको हो । योसँगै युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । युनाइटेडको जितमा इडिन्सन काभानी र एन्थोनी मार्टियलले एक-एक गोल गरे । खेलको ८८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
एन्थोनी मार्टियलले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए ।
जितसँगै अब युनाइटेडले सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल जनवरी ५ मा हुनेछ ।