Sunday, May 19
Shadow

आर्थिक

पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

आर्थिक, समाचार, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाण्डौ प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाअध्यक्ष एवम् ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको छ । बागलुङ पश्चिम भेगमा एम्बुलेन्स नहुदा जनताले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै एम्बुलेन्स किन्न पहल गरेको दोर्ण कुँवरले बताएका छन । ४० लाख मूल्य पर्ने एम्बुलेन्स लाई राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद गरिएको रेडियो ढोरपाटनको अध्यक्ष दोर्ण कुँवरले बताए । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने कुँवरले बताए । उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका ...
घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

आर्थिक, समाचार
काठमाडौ, मंसिर २५ बहुमुल्य पहेँलो धातु सुनको मूल्य बिहिबािर तोलामा ९ सय रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज  छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ। बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, मंसिर २४ कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् । उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने- ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।...
लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

आर्थिक, टिप्स, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर २४ लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो। आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ। त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ। महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ। त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ। मधेसी कोटामा ...
मह उत्पादनमा  कमी, मूल्य वृद्धि

मह उत्पादनमा कमी, मूल्य वृद्धि

आर्थिक, कृर्षि, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ दाङ जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी आएको छ भने मूल्यमा वृद्धि भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएकोमा चिन्तित बनेका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ । उत्पादन लिन नसकिने भएपछि अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । यस बर्ष हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको छ । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भए...
मलेखुको माछा बजारमा चहल पहल

मलेखुको माछा बजारमा चहल पहल

आर्थिक, कृर्षि, समाचार
काठमाण्डौँ, मंसिर २३ लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो वृद्धि हुन थालेपछि मलेखु बजारमा आन्तरीक पर्यटकहरुको चहलपहल बढेको हो । मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप वृद्धि भएको छ । झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी सञ्चालनमा आएसगै राजमार्गहरुमा रहेका व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ ।...
सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

आर्थिक, जिवनसैली
काठमाडौ,मंसिर २३ सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।  ...
बुधसिंघाट कृषि  सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २२ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ । कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले स...
नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

आर्थिक, ब्यानर समाचार, राजनिती
  काठमाडौ,मंसिर २२ आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ ।त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा अवसरहरु रहेको नयाँ परराष्ट्र नीतिमा उल्लेख छ । सरकारले तयार पारेको नयाँ नीतिमा उल्लेख गरिएका चुनौती र अवसरहरु यस्ता छन्– चुनौतीहरु परिवर्तनशील र तरल क्षेत्रीय एवं विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुसार वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने नेपालको अन्तराष्ट्रिय सिमानाको रक्षा गर्ने परराष्ट्र सम्बन्ध सन्चालनमा सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य, सहयोग लिई एकीकृत राष...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक, समाचार
  काठमाडौ,मंसिर २२ सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।...