Tuesday, May 7
Shadow

आर्थिक

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २१ एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्य...
जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।...
अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

आर्थिक, समाचार
  काठमाडौ,मंसिर २० डडेल्धुराको अमरगढी नगरपालिकाको वडा– ३ आइतमा पहिलो पटक सुन्तला र जुनार प्रशोधन उद्योग स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख र व्यक्तिगत ५० लाख गरी १ करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको हो । प्रशोधन उद्योगमा सुन्तला, जुनारको जुस उत्पादन गरिने कृषि ज्ञानकेन्द्र डडेल्धुराका सूचना अधिकारी भक्तबहादुर पानले बताए । ‘यो प्रशोधन केन्द्र गत आर्थिक वर्षमै सञ्चालनमा आउनुपर्ने भए पनि कोरोनाका केही समय ढिलो भएको हो । अबको एक महिनाभित्रै सञ्चालनमा ल्याइनेछ’, पानले भने । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका जुनार, सुन्तला उत्पादक किसानलाई सहज हुनेछ । जुनार सुन्तला उत्पादनका लागि पकेट क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाका किसानले प्रशोधन केन्द्र अभावले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्...
आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आर्थिक, मुख्य समाचार
काठमाडौ,मंसिर १९ बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए...
सुनको भाउ प्रतितोला ३ सय बढ्यो

सुनको भाउ प्रतितोला ३ सय बढ्यो

आर्थिक, समाचार
  काठमाडौ,१९मंसिर शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।...
आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आर्थिक, टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १९ आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...
अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १८ अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो । यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ । पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।...
रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए। कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्। करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा ...