Friday, April 26
Shadow

आर्थिक

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं ,१३ असार । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् । https://www.facebook.com/balenOfficial/posts/828809565277967?ref=embed_post  ...
आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०४ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ११ पैसा र बिक्री दर ०९ रुपैयाँ १६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र ब...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार
११ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।...
बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
११ असार, नुवाकोट (बाघखोर) । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र सोही आधारमा ल्याएको बजेट कार्यान्वयनको लागि नवौं  नगरसभा बाट पारित भएको छ । नगरपालिकाको केन्द्र बाघखोरमा (आइतबार) भएको आयोजित नवौं नगरसभाको खुला समारोहमा नगर प्रमुख जगत बहादुर गुरुङले पेश गरेको निति तथा कार्यक्रमको आधारमा बन्द सत्रमा नगर उप प्रमुख शिव प्रसाद दाहालले पेश गरेको आगामी आ.व को लागि ८० करोड १४ लाख रुपैयाँको बजेट सभा सदस्यहरुबाट पारित भएको हो ।  नगरपालिका उप-प्रमुख दाहालले नवौं नगरसभामा ८० करोड १४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । बजेटमाथि छलफल र पारित गर्दै नगरसभाको नवौं अधिवेशन सकिएको छ । ...
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

आर्थिक, समाचार
काठमाडौं, १० असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको हो ।...
राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अपराध, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ- राज्यकोषबाट उपचार खर्च पाउने कानुन नै खारेज गर्न माग गर्दै रिट दर्ता भएको छ । भिआइपी र भिभिआइपीले राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ताद्वय राधिका चम्लागाईं र स्वागत नेपालले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद् सचिवालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालयसमेत विरुद्ध रिट दायर गरेका हुन् । राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने विज्ञप्तिप्रति शङ्का व्यक्त गर्दै आफूहरूले रिट दायर गरेको स्वागत नेपालले जानकारी दिएका छन् । मन लाग्दा राज्यकोषबाट खर्च लिने र विरोध हुँदा आफैँ व्यहोर्छु भन्ने अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भएको भन्दै अधिवक्ताद्वयले  झलनाथ खनालदेखि सुजाता कोइरालासम्मले अकुत सम्पत्ति हुँदाहुँदै पनि राज्यकोषलाई लुटेको भन्दै कानुन नै खारेज गर्न रिट दर्ता गरिएको जनाइएको छ । अकुत सम्पत्ति हुँदाहुँदै ल...
अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् । धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठ...
आजदेखि नेपाल र चीनबीचका सबै नाका खुल्ने

आजदेखि नेपाल र चीनबीचका सबै नाका खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं- तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाका आज (सोमबार)देखि खुल्ने भएका छन् । गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहित सबै नाका खुला गर्ने सहमति भएको छ । सोही सहमति अनुसार आजबाट नाकाहरु खोल्न लागिएको हो । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यस्तै, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका पनि खुल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै २०७६ चैत ११ गते कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि रसुवागढी–...
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले सो ज्ञापन पत्र बुझाएको हो। भन्सार प्रशासनमा लक्ष्य अनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझाव सहित ज्ञापन पत्र बुझाएको परिषद्ले जनाएको छ। उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराएका छन्।ज्ञापन पत्र  बुझाउँदै राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले आर्थिक वर्ष सुरु भएको ९ महिनाको अवधिमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकिरहेको अवस्थामा अब बाकी अवधिमा सो राजश्व कसरी उठाउन सकिन्छ भन्नेबारे अर्थमन्त्रीलाई सुझाव दिएका थिए।  भन्सारमा आवश्यक रहेको नीतिगत सुधारको विषयमा अर्थमन्त्रीसँग छलफल भएको अर्यालले बताए। ' राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव समिर विष्टले अर...
अन्तरबैंक एटीएम शुल्क घट्यो ।

अन्तरबैंक एटीएम शुल्क घट्यो ।

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रू १५ सम्म शुल्क लिन सकिने जनाएको छ । यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ । राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको ...