Tuesday, April 30
Shadow

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो


  • -इ
  • इ+

काठमाडौं, १७ असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीकै मूल्य बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

यस्तै, आज आइतबार तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares