११ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।