काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार असार १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०५ पैसा र बिक्री दर ०९ रुपैयाँ ०९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०३ पैसा र बिक्री दर १८ रुपैयाँ ११ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?