काठमाडौं, १० असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको हो ।