Wednesday, May 1
Shadow

आर्थिक

काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, माघ १६ सामुदायिक वनको काठको सदुपयोग तथा विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघले सरकारलाई अनुरोध गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सामुदायिक वन उपभोक्ता समूहहरुको मागलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रिज्यू, वन तथा वातावरण मन्त्रीज्यू र मन्त्रालयको सकृयतामा नेपाल सरकार (मन्त्रिपरिषद) बाट बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने र वन ऐन २०७६ कार्यान्वयनका लागि यथाशीघ्र नयाँ वन नियमावली तर्जुमा गर्ने निर्णय गरिएकोमा सम्माननीय प्रधानमन्त्रिज्यू, नेपाल सरकार (मन्त्रिपरिषद), माननीय वन तथा वातावरण मन्त्रीज्यू र वन तथा वातावरण मन्त्रालयप्रति महासंघका अध्यक्ष भारती पाठकद्धारा जारी विज्ञप्ति मार्फत धन्यवाद दिईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आफ्नो स्थापना काल देखि नै सामुदायिक वन उपभोक्ता समुहको अधिकारको सुनिश्चित...
जापानले आवश्यक डोज सुरक्षित गर्यो

जापानले आवश्यक डोज सुरक्षित गर्यो

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ ,माघ १६ जापनले आफ्नो १२ करोड ६० लाख जनसंख्यालाई पर्याप्त हुने गरी कोभिड–१९ विरोद्घ को खोप सुनिश्चित गर्न जापान लागि परेको छ । विश्वभर खोप सीमित मात्रा मा भएको ले पछिल्लो अवस्थामा जापानले भने बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ विरोधी खोप घरेलुस्तरमा नै उत्पादन गर्न लागेको हो । उत्पादनको काम बायोप्रविधि कम्पनी जेसीआर फर्मास्युटिकल्सले गर्नेछ । यस कम्पनीलाई अहिलेसम्म खोप उत्पादनको अनुभव छैन तर यसले आवश्यक एडेनोभाइरस भेक्टर भने विकास गर्न सक्छ । अस्त्रजेनेकाले सम्झौताको शुरुमै जेसीआरलाई उत्पादनको अधिकार दिएको थियो । जेसीआरले ९ करोड डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । अहिले विश्वमा खोपको मात्रा सिमीत रहेसँगै जापानले आवश्यक डोज सुरक्षित गर्न नसक्ने हो कि भन्ने अपेक्षा छ । अस्त्रजेनेका र जापान सरकारले डिसेम्बरमा १२ करोड डोज खो...
सुनचाँदीको कोटा प्रणाली खारेज गर्न माग

सुनचाँदीको कोटा प्रणाली खारेज गर्न माग

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ ९ । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेका हुन् । महासङ्घका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा व्यवसाय सञ्चालनको लागि निर्यात प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, कच्चा सुन प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने लगायतका विषय कार्यान्वयनका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो । सो क्रममा अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो...
दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो,  मारमा उपभोक्ता

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो, मारमा उपभोक्ता

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ९ । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’ संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि ...
खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’ भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रो...
राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमबाट आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताए । उनले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका हुन् । अर्थमन्त्री पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीति संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलको छुट्टाछुट्टै मत र धारणा भए पनि समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र ...
सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
कृष्णनगर,कपिलवस्तु, माघ ८ शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका...
नेपालमा भोलि आइपुग्दै छ १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन

नेपालमा भोलि आइपुग्दै छ १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ७ भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। भारत सरकारले नेपाललाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो। भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन्। उनले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरे। मन्त्री त्रिपाठीले कार्यक्रममा उपस्थित राजदूत विनयमोहन क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद पठाएका हुन्।...
कोरोना प्रभावः देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

कोरोना प्रभावः देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ ६ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६–७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पुर्‍याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति तय गरेको छ । राहत तथा पुनरुत्थानका लागि अघि सारिएका पाँच रणनीतिमा सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्वि समेटेर पाँच प्रकारका रणनीति कार्यान्वयनका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खण्डमा विभाजन गरिएको आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रत्येक रणनीतिको कार्यान्वयनका लागि अल्पकालीन ३...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्...