Wednesday, April 24
Shadow

जापानले आवश्यक डोज सुरक्षित गर्यो


  • -इ
  • इ+

काठमाण्डौँ ,माघ १६
जापनले आफ्नो १२ करोड ६० लाख जनसंख्यालाई पर्याप्त हुने गरी कोभिड–१९ विरोद्घ को खोप सुनिश्चित गर्न जापान लागि परेको छ । विश्वभर खोप सीमित मात्रा मा भएको ले पछिल्लो अवस्थामा जापानले भने बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ विरोधी खोप घरेलुस्तरमा नै उत्पादन गर्न लागेको हो ।

उत्पादनको काम बायोप्रविधि कम्पनी जेसीआर फर्मास्युटिकल्सले गर्नेछ । यस कम्पनीलाई अहिलेसम्म खोप उत्पादनको अनुभव छैन तर यसले आवश्यक एडेनोभाइरस भेक्टर भने विकास गर्न सक्छ । अस्त्रजेनेकाले सम्झौताको शुरुमै जेसीआरलाई उत्पादनको अधिकार दिएको थियो । जेसीआरले ९ करोड डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । अहिले विश्वमा खोपको मात्रा सिमीत रहेसँगै जापानले आवश्यक डोज सुरक्षित गर्न नसक्ने हो कि भन्ने अपेक्षा छ ।

अस्त्रजेनेका र जापान सरकारले डिसेम्बरमा १२ करोड डोज खोपको लागि सम्झौता गरेको थियो । स्थानीय स्तरमा उत्पादित खोप वितरणका लागि मेसम्मको समय लाग्न सक्ने अनुमान छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares