Friday, March 29
Shadow

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग


  • -इ
  • इ+

 

काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए ।

नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको बताएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares