Monday, May 20
Shadow

२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति


  • -इ
  • इ+

काठमाडौँ- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन् । यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ ।

६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आई नसकेको आचार्यले बताइन् ।

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुङ्गा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यले बताइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares