Thursday, April 25
Shadow

आर्थिक

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए । आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए ।...
सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो

आर्थिक, ब्यानर समाचार
काठमाडौं, २७ माघ । उत्साहित बनेर बजेट ल्याएको केपी शर्मा ओली नेतृत्वको सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । शुरुमा महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाएको छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीन वटै बजेटको आकार बीचमा घटाइएको छ । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१।१९ प्रतिशत मात्र हो । अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिएका छन् । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब ...
निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ:  अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ: अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार
काठमाडौँ ,माघ २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ । कोभिड–१९ को असरले गर्दा निर्माण क...
नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौ,माघ २५ नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्नभएको छ । जिल्ला अध्यक्ष राम चन्द्र परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ , विशिष्ट अतिथि पुतलीबजार नगर पालिका प्रमुख सिमा कुमारी क्षेत्री , उपप्रमुख महेश पुरी , महासंघ विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, अतिथि गण्डकी प्रदेश संयोजक किशन सेवा महासंघ सदस्य कृष्णा अधिकारी , सोम गौतम , गण्डकी प्रदेश आर्थिक प्रमुख चीन बहादुर परियार , पत्रकार महासंघ जिल्ला अध्यक्ष , उध्योग बाणिज्य संघ सचीव , सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष , तनहुँ जिल्ला अध्यक्ष हरि परियार लगायत अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो। जिल्लाका विभिन्न नगर र गाउँपालिका बाट प्रतिनिधित्व रहेको अधिबेशनको बन्दसत्र बाट सर्वसम्मतरुपमा राम चन्द्र परियारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति...
मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ २१ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगले बताएको छ । सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।...
क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

आर्थिक, खेलकुद
काठमाडौं , माघ २१ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको उनको भनाइ छ । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्...
वि.ओ.पि  विजयनगरमा अबैध कुखुरा नष्ट

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट

आर्थिक, समाचार, स्थानिय तह
कपिलवस्तु , २० माघ , विजयनगर कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ । प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहर...
मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ–छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ–छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’ इटालि...
अर्थमन्त्री पौडेलद्वारा सुकुम्बासीलाई पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन

अर्थमन्त्री पौडेलद्वारा सुकुम्बासीलाई पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , माघ १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् । ‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं, अर्थमन्त्री पौडेलले भने –काम र परिणाम पनि त्यही अनुसार आउने गरी काम गर्नुहोस् ।’ आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिदै १८ घण्टा खटेर काम गर्ने बताए । आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्...
प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ । हाल सञ्चालन रहेका नेपालका सबस...