Sunday, May 5
Shadow

आर्थिक

फुलिका पुलको शिलान्यास सम्पन्न

फुलिका पुलको शिलान्यास सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
कपिलवस्तु, फागुन ११ कपिलवस्तुको मायादेवी गा. पा. वडा नं.३ फुलिका अवस्थित मर्थी नदीको काठे पुललाई विस्थापित गर्न पक्की पुलको शिलान्यास प्रदेश सभा सदस्य विष्णु पन्थीले गरेका छ्न। लुम्बिनी प्रदेश सरकारको ३ करोड ४६ लाख लागतमा निर्माण हुने उक्त पुलले कपिलवस्तुको सुद्धोधन गा.पा., वाणगंगा नगरपालिका तथा मायादेवी गा पा का आम जनतालाई सदरमुकाम तौलिहवा सित जोडने प्रमुख पुल बन्ने हुदा स्थानीयहरु हर्षित भएका छ्न। प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य शुष्मा यादव तथा संविधानसभा सदस्य राम लौटन तिवारी , मायादेवी गाउपालिकाका उपप्रमुख गीता तिवारीको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ। सो पुलले पुर्वी कपिलवस्तुको आन्तरिक आवागमनको लागि महत्वपूर्ण हुने कुरा सहभागीहरुको भनाई रहेको छ।...
राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

आर्थिक, मुख्य समाचार
काठमाडौँ , फागुन ११ । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ । घटीमा रु ५० हजार र ...
प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् । नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए । सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए । नागढुंगा सुरुङ...
७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको हो । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा ०।०१ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो । यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ ।तर व्यापार घाटा भने ०।६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ । यस अवधीमा ...
इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । इन्धनमा मूल्यवृद्धिको असर सँगै हवाई भाडा बढेको छ । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका हुन् । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले बताए । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । सोही अनुसार इन्धनमा मूल्यवृद्धि भएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको बताएको छ । अब बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।...
पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ६ सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । सरकारले अनावश्यक आन्तरिक रुपमा मूल्य वृद्धि गरेको प्रति आपत्ति समेत जनाएका छन् । ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । अझै निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टीतेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको निगमको दाबी छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको निगमले जनाएको छ ।...
आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी

आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी

आर्थिक, ब्यानर समाचार
काठमाडौं , फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् आफू निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् । उहाँले देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई दोहोरो अंकमा पुर्‍याउने उनको भनाइ छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारक...
२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

आर्थिक, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ , फागनु ३ । २२ वर्षदेखि बन्द रहेको मुलुकको अन्तिम विन्दुमा रहेको महेन्द्रनगर विमानस्थललाई अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । यो विमानस्थललाई तीन तहको सरकारको लागत साझेदारी अवधारणमा पुनस् सञ्चालनमा ल्याउन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण तथा सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र द्वन्द्वपछि गौचरनमा परिणत भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगैको यो विमानस्थल मर्मत गरेर सञ्चालनमा ल्याउँन लागिएको हो । यसमा करिब ५० करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । विमानस्थलको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधार चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझदारी गर्ने सम्झौतापत्रमा उल्लेख छ । ...
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेशद्वारा टेलरिङ्गमा रहेकोे कमिसन प्रथाको बिरोध

नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेशद्वारा टेलरिङ्गमा रहेकोे कमिसन प्रथाको बिरोध

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौ, फागुन २ नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समिती द्वारा सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिसन प्रथाको बिरोधमा सम्बन्धित पक्षले कमिसन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने बिचार सहित बिरोध र्याली तथा बिरोध सभा सम्पन्न भएको छ । बर्तमान परिस्थितिमा समेत विभिन्न जिल्लामा कपडा सिलाउन पठाए बापत कमिशन लिने अवस्था बाट उपभोक्ता समेत मारमा परेको र आफ्नो पेशा बाट अरुले फाइदा लुटने प्रवृती कायम रहिआएकोले (टेलरिङ्ग)सिलाइ पेशा धरासायी बन्न सक्ने स्थिति बाट जोगाउन बिरोध सभाको आयोजना गरिएको १ न प्रदेश महासंघका संयोजक राजन दर्नालले बताउनु भयो । प्रदेश संयोजक राजन दर्नालको सभापतित्वमा सम्पन्न भएको सभामा महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष फिरोज अलि,उपमहासचिव सन्त दर्नाल ,सुनसरी जिल्ला अध्यक्ष गोपाल रणपहेली, झापा अध्यक्ष दिलिप सुन्दास, मोरङ अध्यक्ष भगत परियार , र...