Thursday, April 25
Shadow

७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात


  • -इ
  • इ+

काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको हो ।

यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो ।

भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा ०।०१ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो ।

यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ ।तर व्यापार घाटा भने ०।६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

यस अवधीमा पेट्रोलियम पदार्थ सबैभन्दा बढि अर्थात १ खर्ब ४ करोडको आयात भएको छ भने आईरन तथा स्टिल ८० अर्बको आयात भएको छ ।

यस्तै मेसिनरी सामग्री ६२ अर्ब २ करोडको आयात हुँदा ६३ अर्ब २० करोडको ईलेक्ट्रिक सामग्री आयात भएको भन्सार विभागको तथ्याकं छ । यस अवधीमा २२ अर्ब ३९ करोडको तरकारी आयात भएको छ भने फलफुल मात्रै १० अर्बको आयात भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares