Friday, September 24
Shadow

इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा


  • -इ
  • इ+

काठमाडौं, फागुन ७ । इन्धनमा मूल्यवृद्धिको असर सँगै हवाई भाडा बढेको छ । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका हुन् ।

हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले बताए ।

नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । सोही अनुसार इन्धनमा मूल्यवृद्धि भएको हो ।

संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको बताएको छ ।

अब बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्