Tuesday, April 23
Shadow

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै


  • -इ
  • इ+

काठमाडौं , फागुन १८ । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन मेटन युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३÷४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ ।

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।

पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ ।

दोस्रो र तेस्रो चरणको मल भने चटगाउँ बन्दरगाहबाट प्राप्त भएपछि बंगलादेशकै बंगलाबन्ध बन्दगाहमार्फत रोहनपुर, सिंहवाद हुँदै विराटनगर आइपुग्ने र त्यसपछि वीरगञ्ज र भैरहवालगायत स्थानमा पठाइने भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares