Thursday, April 25
Shadow

फुलिका पुलको शिलान्यास सम्पन्न


  • -इ
  • इ+


कपिलवस्तु, फागुन ११
कपिलवस्तुको मायादेवी गा. पा. वडा नं.३ फुलिका अवस्थित मर्थी नदीको काठे पुललाई विस्थापित गर्न पक्की पुलको शिलान्यास प्रदेश सभा सदस्य विष्णु पन्थीले गरेका छ्न।

लुम्बिनी प्रदेश सरकारको ३ करोड ४६ लाख लागतमा निर्माण हुने उक्त पुलले कपिलवस्तुको सुद्धोधन गा.पा., वाणगंगा नगरपालिका तथा मायादेवी गा पा का आम जनतालाई सदरमुकाम तौलिहवा सित जोडने प्रमुख पुल बन्ने हुदा स्थानीयहरु हर्षित भएका छ्न।

प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य शुष्मा यादव तथा संविधानसभा सदस्य राम लौटन तिवारी , मायादेवी गाउपालिकाका उपप्रमुख गीता तिवारीको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ। सो पुलले पुर्वी कपिलवस्तुको आन्तरिक आवागमनको लागि महत्वपूर्ण हुने कुरा सहभागीहरुको भनाई रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares