Friday, March 29
Shadow

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन ९
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् ।

नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए ।

सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।

नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माणकार्य जापानी कम्पनी हाजमा-आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुसदेखि सुरु भएको थियो । दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने चौडाइ ९ दशमलव ५ मिटर छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares