Saturday, May 2
Shadow

अन्तर्राष्ट्रिय

चीनका विभिन्न भागमा लकडाउन !

चीनका विभिन्न भागमा लकडाउन !

अन्तर्राष्ट्रिय
काठमाडौं- कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।...
चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।...
उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

अन्तर्राष्ट्रिय, मुख्य समाचार
युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ । उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् । ‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ । उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीका...
लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
०३ माघ,काठमाडौं ।     उत्तराखण्डको हल्द्वानी पुगेर चुनावी र्‍यालीलाई सम्बोधन गर्दै १५ पुसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए । सन् २०२२ भित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पनि सुनाए । सीमाविदहरूका अनुसार मोदीले सडक विस्तार गरिरहेको भनेको ुलिपुलेक क्षेत्रु भारतीय भूमिमा पर्दैन, त्यो भू(भाग नेपालभित्र पर्छ । र, सडक निर्माण भइरहेको लिपुलेक क्षेत्र नेपालको राजनीतिक नक्सामा पनि समावेश छ । संविधानमा समेत उल्लेखित छ । ऐतिहासिक तथ्य र प्रमाण मात्रै नभएर परम्परागत सीमा सिद्धान्तका आधारमा पनि लिपुलेक नेपाली भूमि भएको प्रामाणिक हुने नेपाल सरकारको दाबी छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मोदीले सडक बनाइरहेको भनेको लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेका छन् । ...
ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
  २१ मंसिर,काठमाडौं । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ। यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो। कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ : कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सु...
दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असोज १८ विश्व शान्ति शिखर सम्मेलन वार्पको ७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । सेप्टेम्बर १८ शानिवारका दिन अनलाइनमार्फत आयोजना गरिएको सम्मेलन कोभिड संक्रमणका कारण प्रभावित शान्तिका एजेण्डाहरुलाई अन्तर्राष्ट्रिय रुपमा पुनः गति प्रदान गर्ने भन्नेबारे केन्द्रीत रहेको थियो । साथै सम्मेलनले आगामी दिनहरुमा यसका लागि अन्तर्राष्ट्रिय प्रयासहरुको विकास गर्दै जाने योजनाहरुबारे  छलफल केन्द्रित गरेको थियो । हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ९एचडब्ल्युपीएल०ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपुर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्नको लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माणका विभिन्न गतिविधिहरुको आयोजना गरि ूशान्तिको संस्कृतिू स्थापनाका लागि पहल गर्दै आएको छ। विश्व शान्ति सम्मेलनले अन्तराष्ट्रिय कानुन, धर्म, शि...
विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य
०८,असोज काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ । यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।  ...
एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...
अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अन्तर्राष्ट्रिय, टिप्स, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०३ भाद्र,काठमाडौँ नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ । विभिन्न मुलुकले आफ्ना नागरिक उद्धार गर्न थालेको एक साता भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारी अन्य मुलुकले कति नेपाली उद्धार गरेर ल्याइदिन्छन् भन्दै संख्या गनेर बसेका देखिन्छन् । विदेशी मुलुकका विभिन्न दूतावास र राष्ट्रसंघीय एजेन्सीमा कार्यरत कति जना छन् भन्ने थाहा भए पनि कुन मुलुक र संस्थाले कति नेपालीलाई उद्धार गरेर कहाँ पुर्याए भने प्रस्ट तथ्यांक सरकारले बाहिर ल्याउन सकेको छैन । कामविहीन र साना कम्पनीमा काम गर्ने नेपाली कामदार अफगानिस्तानमा कति छन् भन्नेबारे अहिलेसम्म सरकार अनुमानकै भरमा चलेको छ ।...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, समाचार
लक्ष्मण श्रेष्ठ ०२ भाद्र, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन् । मगंलबार विज्ञप्ति जारी गर्दै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बारे आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विशेषगरी श्रम स्वीकृति नलिई त्यहा पुगेका र भिसा अवधि समाप्त भएका नेपालीहरु बढि जोखिममा रहेको आयोगले जनाएको छ । उनिहरुको रोजगार गुमेको अवस्थामा र खान बस्न पनि कठिन भएको परिस्थितिमा समस्या भोगिरहेको भन्दै आयोगले त्यहा भएका नेपालीहरुको सरकारसंग एकिन तथ्यांक नभएकोमा चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा जोखिममा रहेका नेपालीहरुको तथ्यांक तत्काल संकलन गर्न र वास्तविक अवस्था पत्ता लगाई सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई प्रेश विज्ञप्ति मार्फत आयोगले ध्यानार्...