Saturday, April 27
Shadow

ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)


  • -इ
  • इ+

 

२१ मंसिर,काठमाडौं ।

अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ।

यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो।

कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ :
कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो।

फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन्। तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै ुुवास्तविक प्रभावकारिता मूल्याङ्कनुु गर्नका लागि तथ्याङ्क सङ्कलन जारी राख्ने बताएको छ। फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ।

उक्त खोप नियामक निकायहरूबाट स्वीकृत हुन भने बाँकी छ।
ओमिक्रोनबारे अहिलेसम्म प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य स्ट्रेनुुभन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा। माइक रायनले जानकारी दिएका छन्।

कोभिड खोप लगाउँदा के कारणले रगत जम्ने समस्या उत्पन्न हुन्छ भन्ने पत्ता लागेको छ । अमेरिकामा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares