मानव सेवा संस्थान, सेवा सेन्टर बढ्नी द्वारा जनचेतना र्याली
कपिलवस्तु, साउन १४
- अजय मिश्र
मानव सेवा संस्थान "सेवा", सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवसको अवसरमा
जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना रैली निकालिएको थियो ।
उक्त रैलिमा बैनर तथा प्लेकार्ड हाथमा लिएर 'सेवा' का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउदै बॉर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मंदिर सडकमर्ग परिक्रमा गरेका थिए ।
जनचेतना रैली लाई बढ्नीका चेयरमैन सुनील अग्रहरीको
निर्देशनमा रैली अगाडि बढेको थियो। रैलिमा भनिएको जागरूकता सम्बंधि नाराले सीमा क्षेत्रका बासिंदाको ध्यान आकर्षित गरेको थियो।
बढनीमा निकालिएको उक्त रैलीमा नेपाल प्रहरी, एपीएफ, नगर पालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट...