Wednesday, April 24
Shadow

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ

०२ भाद्र, काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन् । मगंलबार विज्ञप्ति जारी गर्दै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बारे आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

विशेषगरी श्रम स्वीकृति नलिई त्यहा पुगेका र भिसा अवधि समाप्त भएका नेपालीहरु बढि जोखिममा रहेको आयोगले जनाएको छ । उनिहरुको रोजगार गुमेको अवस्थामा र खान बस्न पनि कठिन भएको परिस्थितिमा समस्या भोगिरहेको भन्दै आयोगले त्यहा भएका नेपालीहरुको सरकारसंग एकिन तथ्यांक नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा जोखिममा रहेका नेपालीहरुको तथ्यांक तत्काल संकलन गर्न र वास्तविक अवस्था पत्ता लगाई सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई प्रेश विज्ञप्ति मार्फत आयोगले ध्यानार्कषण गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares