Tuesday, March 19
Shadow

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !


  • -इ
  • इ+

युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ ।

उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।
‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ ।

उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई भने ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु हुँदैन ।

रुसको नेसनल डिफेन्स जर्नलका सम्पादक कोरोत्चेन्कोले भनेः ’एक लाख उत्तर कोरियाली स्वंयमसेवकहरू द्वन्द्वमा भाग लिन तयार रहेको विवरण सार्वजनिक भएका छन् । ’

तर उनले उत्तर कोरियाली जनता ‘लचक र सीधा’ रहेको भन्दै अगाडि भने,  ‘किम जोङ उनले हामीलाई अगाडि बढाएको हात स्वीकार्न लाज मान्नु हुँदैन । ’ एजेन्सी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares