Sunday, May 12
Shadow

अन्तर्राष्ट्रिय

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको​ सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ । गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ ।  यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो । अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ । अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी...
अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी  मनाइँदै

अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
नेपालमा  सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । यस अवसरमा आज मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाले विभिन्न कार्यक्रम गरी विश्व शान्तिका लागि माग गर्ने भएका छन् । विश्व शान्तिका लागि व्यक्तिदेखि शान्तिको सुरुआत हुनुपर्ने र त्यसको वातावरण प्रत्येक देशले बनाउनुपर्ने माग गरिँदै आएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्...
सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको  थियो । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो। दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको बताइएको छ । सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाच...
पाकिस्तानलाई इन्धन सहायताका लागी  रुस सकारात्मक

पाकिस्तानलाई इन्धन सहायताका लागी रुस सकारात्मक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ । प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार पाकिस्तानका एक वरिष्ठ सरकारी अधिकारीले उक्त छलफल बारे जानकारी दिएका हुन् ।समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका क्रममा उनीहरू बीच भेट भएको हो। "रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मकरूपमा लिएको", भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले ...
चट्याङका कारण २४ घण्टामा  एक्काइस जनाको मृत्यु

चट्याङका कारण २४ घण्टामा एक्काइस जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएकोत्यस राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले  पुष्टि गरेका छन् । कृषिकार्यमा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ ।...
तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
तालिबान सरकारले  आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विभागका अनुसार तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा र  एक महिनाभित्र टिकटकमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्। तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ। तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो। अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो। कतिपय ...

क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव  आयोजना गरिएको छ । त्यस अवरसमा  नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने  क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले विधेयकमा जोड दिनुभयो । उहाँका अनुसार क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।...

फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी ( जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ । फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो । “युक्रेनमा भएको युद्धको प्रभावले पूर्वबाट आएको ऐतिहासिक ग्यास प्रवाहउल्टो भएको छ,” जीआरटीग्याजले एक विज्ञप्तिमा भनेको छ । कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउनेछ । जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अङ्क बढी हो । “सामान्य ...
राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।  अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्...
बेलायतका राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

बेलायतका राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफुमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिनुभयो । भेला भएका महानुभावहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भन्नुभयो, “मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको ...