Sunday, April 28
Shadow

अन्तर्राष्ट्रिय

विश्व बैंकका उपाध्यक्ष मार्टिन  र अर्थमन्त्री शर्मा  बीच भेट

विश्व बैंकका उपाध्यक्ष मार्टिन र अर्थमन्त्री शर्मा बीच भेट

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गर्नुभएको हो । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, ...
नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो । राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ...
रुस भन्छ– नेटोको सदस्य  युक्रेनलाई बनाइएमा तेस्रो विश्वयुद्ध हुनेछ

रुस भन्छ– नेटोको सदस्य युक्रेनलाई बनाइएमा तेस्रो विश्वयुद्ध हुनेछ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
NATO अर्थात् North Atlantic treaty organisation हो जसलाई नेपालीमा उत्तर एटलान्टिक सन्धि सङ्गठन भनिन्छ। युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बनाइएमा तेस्रो विश्वयुद्ध शुरू हुने  रुसी सुरक्षा परिषद्का उपसचिव अलेक्जेन्डर भेनेडित्कोभले उक्त चेतावनी दिएका हुन् । ‘यस कदमले तेस्रो विश्वयुद्ध गराउने पक्का छ भन्ने कुरा किएभलाई पनि थाहा छ,’ उनले बताए । सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभमुनिका भेनेडित्कोभ नेटो सदस्य बन्नका लागि युक्रेनले निवेदन दिएको कुरा प्रोपागान्डा मात्र भएको बताए । युक्रेन नेटोको सदस्य भएमा के परिणाम आउँछ भन्ने कुरा पश्चिमले बुझेको उनको भनाइ छ । ‘हल्लाखल्ला गरेर आफूप्रति ध्यान आकर्षित गर्न युक्रेनीहरूले कोशिश गरेका हुन्,’ उनले बताए, ‘यस्तो आत्मघाती प्रकृतिको कदमका बारेमा नेटो सदस्यहरू जानकार छन् ।’ युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले ा नेटोको सदस...
नेपालको मतदान युक्रेनको पक्षमा

नेपालको मतदान युक्रेनको पक्षमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । ...
चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ । अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । ...
अमेरिकाको ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

अमेरिकाको ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भेट्रानतर्फ(३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ । प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ । लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो । युवा, भेट...
पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दावी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् । अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् । गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षा...
सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको  सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ । डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गर...

भारतलाई राष्ट्रसङ्घद्वारा दिइने ‘स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
भारतको राष्ट्रिय स्वास्थ्य अभियानअन्तर्गत उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणका लागि भारतले संयुक्त राष्ट्रसङ्घको पुरस्कार प्राप्त गरेको छ । इन्डिया हाइपरटेन्सन कन्ट्रोल इनिसियटिभ (आईएचसीआई) उच्च रक्तचाप हस्तक्षेप परियोजना भारतको एउटा बृहत् योजना हो । भारतको विद्यमान प्राथमिक स्वास्थ्य सेवा प्रणालीभित्र यसको लागि मान्यता प्राप्त छ । सन् २०२२ को राष्ट्रसङ्घीय आकस्मिक कार्यबल र डब्ल्युएचओ स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड भारतलाई आईएचसीआईका लागि बुधबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महासभामा प्रदान गरिएको हो । “यो अत्यन्त प्रभावशाली पहलले संयुक्त राष्ट्रसङ्घबाट प्रसंशा पाएको छ । हामी स्वस्थ र स्वस्थ भारत निर्माण गर्न प्रतिबद्ध छौं,” भारतका संघीय स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले एक विज्ञप्तिमा भन्नुभएको छ । अधिकारीहरूका अनुसार आईएचसीआई नोभेम्बर २०१७ मा सु...
सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको  र व्यक्ति पनि हराइरहेका नेसनल काउन्सिल फर सिभिल डिफेन्सले  जानकारी दिएको छ । बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पु¥याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् । सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । ...