Saturday, May 2
Shadow

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार 2
काठमाडौँ– श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो । उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन...

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार 2
टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो।...
पश्चिमी इन्डोनेसियामा भूकम्प

पश्चिमी इन्डोनेसियामा भूकम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ । भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । ...
भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिनुभयो । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उहाँले शनिबार बताउनु भएको छ । ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् । सरकारले घरवार विहिन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ । ...

आणविक सम्झौताप्रति इरानप्रति युरोपेली शक्तिको शङ्का

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा पार्ने चेतावनी उनीहरूले दिएका छन् । युरोपेली मध्यस्थताकर्ताहरूले गत महिना इरानले प्रस्तावित अन्तिम पाठमा सहमति जनाएको भन्दै सन् २०१५ को सम्झौताको पुनः स्थापनामा प्रगति हुने देखिएको जनाएका थिए । संयुक्त राज्य अमेरिकाले जवाफ पठाएपछि आएको इरानी जवाफले सम्झौता पुनः स्थापनाको आशा क्षीण बनेको मध्यस्थकर्ताहरूले जनाएका हुन् । फ्रान्स, जर्मनी र बेलायतले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै तेहरानलाई दिइएको अन्तिम कार्यक्रमले युरोपेली शक्तिहरूलाई ‘उनीहरूको लचिलोपनको सीमा’मा लगेको बताएका छन् । “दुर्भाग्यवश, इरानले यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नउठाउने निर्णय गरेको छ,” उनीहरूले भनेका छन् । “यसको सट्टा, इरानले...
बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
बेलायतका नयाँ राजाले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।...
अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ । अफगानिस्तानको ओसिएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यहाँका ५८ लाख मानिस लामो आन्तरिक विस्थापनमा छन् । हजारौं घरबाढी र भूकम्पका कारण क्षतिग्रस्त भएका ...
आदिवासीको आक्रोशपछि स्न्यापच्याटले हटायो अनुहारमा माओरी ट्याटू बनाउन मिल्ने सुविधा

आदिवासीको आक्रोशपछि स्न्यापच्याटले हटायो अनुहारमा माओरी ट्याटू बनाउन मिल्ने सुविधा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
सामाजिक सञ्जाल स्न्यापच्याटले प्रयोगकर्ताले आफ्नो अनुहारमा परम्परागत माओरी ट्याटू बनाउन मिल्ने सुविधा हटाएको छ। उक्त सुविधाले न्यूजील्यान्डको आदिवासी माओरी समुदायमा आक्रोश पैदा गरेको थियो। माओरीहरूले ट्याटू कलालाई पवित्र मान्छन्। त्यसलाई उनीहरू ट्याटू लगाउनेको महत्त्वपूर्ण पहिचान चिन्हको रूपमा लिने गर्छन्। स्थानीय सञ्चारमाध्यममा त्यो सुविधाबारे समाचारहरू आएपछि स्न्यापच्याटले यस्तो निर्णय लिएको हो। रेडियो न्यूजील्यान्डले चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो तस्बिरमा "माओरी फेस ट्याटू" र "माओरी" लेखेर उक्त फिल्टर प्रयोग गरेका तस्बिरहरूबारे उजागर गरेको थियो। स्न्यापच्याट चलाउने कम्पनी स्न्यापले एउटा वक्तव्यमा त्यस्तो सुविधा हटाइएको जनाएको छ। एउटा वक्तव्यमार्फत स्न्यापच्याटले बीबीसीलाई आफूले "लेन्सलाई समावेशी" बनाउन र "आफ्नो समुदायसम्बन्...
महारानी एलिजाबेथ :९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ :९६ वर्षको उमेरमा निधन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उहाँ ९६ वर्षकी हुनुहुन्थ्यो। वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उहाँको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उहाँको समीप पुग्नुभएको थियो । ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा हुनुभएको छ । उहाँलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।...
प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित हुनुभएकामा उहाँलाई बधाई दिनुभएको छ । सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उहाँ आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुनुहँदै छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।...