Skip to content
Wednesday, September 30
  • गृहपृष्ठ
  • समाचार
  • मुख्य समाचार
  • राजनिती
  • स्थानिय तह
  • अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • खेलकुद
  • आर्थिक
  • मनोरञ्जन
  • थप
    • अचम्मका कुरा
    • सम्पादकीय
    • समाज
    • स्वास्थ्य
    • अपराध
    • कृर्षि
    • जिवनसैली
    • टिप्स
    • दुर्घटना
    • पत्रपत्रिका
    • ब्लोअप
    • साहित्य/कला
    • सुचना प्रविधि
    • भिडियाे
Shadow

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल


  • -इ
  • इ
  • इ+
September 14, 2022 by Interview Nepal

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
 अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
Posted in अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
Tagged द्विपक्षीय हितका विषयमा छलफल, राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, राष्ट्रपति विद्यादेवी भण्डारी, ली चान्शु
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

September 29, 2026 by Interview Nepal
प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

September 24, 2026 by Interview Nepal

राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग

September 21, 2026 by Interview Nepal
जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

September 11, 2026 by Interview Nepal
कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

September 8, 2026 by Interview Nepal
कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

August 16, 2026 by Interview Nepal

Recent Posts

  • खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड
  • प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद
  • राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग
  • जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग
  • कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
  • गृहपृष्ठ
  • समाचार
  • मुख्य समाचार
  • राजनिती
  • स्थानिय तह
  • अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • खेलकुद
  • आर्थिक
  • मनोरञ्जन
  • थप
    • अचम्मका कुरा
    • सम्पादकीय
    • समाज
    • स्वास्थ्य
    • अपराध
    • कृर्षि
    • जिवनसैली
    • टिप्स
    • दुर्घटना
    • पत्रपत्रिका
    • ब्लोअप
    • साहित्य/कला
    • सुचना प्रविधि
    • भिडियाे

ईन्टरभ्यु नेपाल डटकम

    प्रधान कार्यालय :
    काठमाडौं, नेपाल
    फोन नं : + 977-9851111013
    Email : [email protected]
        
    अध्यक्ष
    माधव प्रसाद तिमल्सिना
    सम्पादक
    दिक्षान्त तिमल्सिना
    समाचार प्रमुख
    राजेन्द्र गजुरेल
    सम्बाददाता
    पूर्णिमा तिमल्सिना
    हाम्रो बारेमा

    हाम्रो टिम
© Copyight 2020 Interview Nepal.com. All Rights Reserved  || Powered By : Shandesh Chaudhary
0shares
  • 0
  • 0