Friday, April 26
Shadow

तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने


  • -इ
  • इ+

तालिबान सरकारले  आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

विभागका अनुसार तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा र  एक महिनाभित्र टिकटकमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्।

तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ।

तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो।

अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्।

तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो।

कतिपय राष्ट्रहरूले यसमा प्रतिबन्ध लगाइरहेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares