Friday, April 26
Shadow

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी


  • -इ
  • इ+

‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् ।

अडानी फोर्ब्सको​ सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ ।

गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ ।  यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो ।
अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ ।

अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी दोस्रो नम्बरमा । सूचीमा साइरस पूनावाला तेस्रो नम्बरमा छन् भने शिव नाडर चौथो नम्बरमा छन् ।  हुरुन सूचीको सुरुवात भएयता पहिलोपटक सूचीकर्ताहरूको कुल सम्पत्ति बढेर १०० लाख करोड भारु पुगेको हो, जुन सिंगापुर, युएई र साउदी अरेबियाको संयुक्त कुल ग्राहस्थ उत्पादनभन्दा बढी हो ।

हुरुनले आईआईएफएल वेल्थसँगको सहकार्यमा ‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट’ सूची प्रकाशित गर्ने गर्छ । यो उसको ११ औं संस्करण हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares