Thursday, March 28
Shadow

पाकिस्तानलाई इन्धन सहायताका लागी रुस सकारात्मक


  • -इ
  • इ+

पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ ।

प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार पाकिस्तानका एक वरिष्ठ सरकारी अधिकारीले उक्त छलफल बारे जानकारी दिएका हुन् ।समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका क्रममा उनीहरू बीच भेट भएको हो।

“रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मकरूपमा लिएको”, भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा इमरान र उनका समर्थकहरूले अमेरिकाको “कठपुतली” सरकार भनेर आरोप लगाउँदै आएको नयाँ सरकारसँग मस्को काम गर्न इच्छुक नभएको कुनै सङ्केत भने दिइएको छैन। रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेन विरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन संयुक्त राज्य अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ ।

जुनमा अमेरिकाले युक्रेन द्वन्द्वमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राखेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रुसको सैन्य र रक्षा औद्योगिक आधारलाई सहयोग गरेको भन्दै चीनका पाँच कम्पनीलाई व्यापारिक कालोसूचीमा राखेको छ। अल जजीराका अनुसार रूस, युएई, लिथुआनिया, पाकिस्तान, सिंगापुर, बेलाइत, उज्वेकिस्तान र भियतनाम लगायत देशहरूबाट थप ३१ संस्थालाई पनि कालोसूचीमा थपिएको छ । थपिएका ३६ कम्पनीमध्ये २५ वटा चीनमा आधारित रहेर सञ्चालित थिए।

पाकिस्तानको मासिक इन्धन आयात जुनमा चार वर्षकै उच्चमा पुग्ने अनुमान गरिएको थियो । देशको इन्धन तेलको आयात मे महिनामा ६३०,००० टन पुगेपछि यो महिना करिब ७००,००० टन पुग्न सक्ने अनुमान छ। आयात पछिल्लो पटक मे २०१८ मा ६८०,००० टन र जुन २०१७ मा ७४१,००० टन पुगेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares