Thursday, April 25
Shadow

अन्तर्राष्ट्रिय

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर १८ टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ । त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि...
१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १६ चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन | आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् | उनी अमेरिकी नागरिक हुन् | अमेरिकी अखबार द भर्जले जनाएअनुसार १६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन् | उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी थिइन् | उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् | एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ | उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन् |...
जलपरी पोजमा अभिनेत्री रश्मी

जलपरी पोजमा अभिनेत्री रश्मी

अन्तर्राष्ट्रिय, ब्लोअप, मनोरञ्जन
मुम्बइ। अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । यही बीचमा पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । अभिनेत्रीले नयाँ फोटोशुट गराएकी छिन् । यो फोटोशुटका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनको जलपरी अवतार देख्न सकिन्छ । रश्मीले गुलाबी बिकिनीमा फोटोशुट गराएकी छिन् । रशमीको यो बोल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइएको छ । रश्मीलाई पछिल्लो पटक नागिन ४ मा देखिएको थियो । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । ...
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

अन्तर्राष्ट्रिय, आर्थिक, दुर्घटना, ब्यानर समाचार 2
काठमाण्डौँ, मंसिर १ हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो...
कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक २१ कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।...
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक १९ भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । करिब १५ जना जति प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।...
संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ११ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो। कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभएको छ। गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २...
अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कार्तिक ९ अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हुने भएको छ। औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन कम्पनीले खोपको अन्तिम चरणको परीक्षण सुचारु गर्न आफूहरु तयार भएको बताएका छन्। गत सेप्टेम्बरको पहिलो हप्तादेखि अमेरिकामा एस्ट्राजेनिकाको खोप परीक्षण रोकिएको थियो भने गतहप्ता मात्र जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको थियो। जोन्सन एन्ड जोन्सन तथा एस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउँदा स्वयंसेवक बिरामी परेको भन्दै अमेरिकामा ती खोपको परीक्षण स्थगित गर्नु परेको थियो। यसैहप्ताको शुक्रबारदेखि दुई कम्पनीले खोप परीक्षण सुचारु गर्ने द गार्जियनले जनाएको छ। एजेन्सी...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
मनोज अधिकारी/टोकियो कार्तिक ६ कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् । यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याके...