Thursday, March 28
Shadow

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार


  • -इ
  • इ+


मनोज अधिकारी/टोकियो कार्तिक ६
कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् ।

यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याकेट भेजिटेबल जुस, ३ प्याक सोय सेय मिल्क, सेन्बेई राइस क्र्याकर, चकलेट र कुकिजहरु समेत राखिएको छ । सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याकेट भेजिटेबल जुस, ३ प्याक सोय सेय मिल्क, सेन्बेई राइस क्र्याकर, चकलेट र कुकिजहरु समेत राखिएको छ ।

कन्भिनियन्स स्टोरमा नगइकन ताजा फलफूल र तरकारी, मिठो अनि नुनिलो स्न्याक्स आदि सबैको मज्जा लिनु पाउनु रमाइलो छैन त रु अझ रोचक कुरा चाँहि के भने सेटमा भएका कुनै पनि खानेकुराका लागि माइक्रोवेबमा हाल्ने र पानी उमाल्ने बाहेक कुनै पाक कला चाँहिदैंन ।

खानेकुरा र पेय पदार्थ बाहेक पनि किटमा ट्वाइलेट र टिस्यु पेपर, सरन र्याप साबुन, ह्यान्ड स्यानिजाइजर र स्यानिटरी प्याड पनि छ । अदाचीले पहिलोपटक रिकुपरेशन सेट बसन्त ऋतुमा वितरण गरेको थियो । तर यो कार्यक्रम अहिले पनि चलिरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares