Thursday, December 7
Shadow

अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै


  • -इ
  • इ+

काठमाडौं, कार्तिक ९
अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हुने भएको छ।

औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन कम्पनीले खोपको अन्तिम चरणको परीक्षण सुचारु गर्न आफूहरु तयार भएको बताएका छन्।

गत सेप्टेम्बरको पहिलो हप्तादेखि अमेरिकामा एस्ट्राजेनिकाको खोप परीक्षण रोकिएको थियो भने गतहप्ता मात्र जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको थियो।

जोन्सन एन्ड जोन्सन तथा एस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउँदा स्वयंसेवक बिरामी परेको भन्दै अमेरिकामा ती खोपको परीक्षण स्थगित गर्नु परेको थियो।

यसैहप्ताको शुक्रबारदेखि दुई कम्पनीले खोप परीक्षण सुचारु गर्ने द गार्जियनले जनाएको छ। एजेन्सी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares