Saturday, April 20
Shadow

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १८
टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ ।

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक संकटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल संकटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पु¥याइएको छ । सिन्ह्वा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares