Friday, March 29
Shadow

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक १९
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । करिब १५ जना जति प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares