Saturday, April 20
Shadow

जलपरी पोजमा अभिनेत्री रश्मी


  • -इ
  • इ+


मुम्बइ। अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । यही बीचमा पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । अभिनेत्रीले नयाँ फोटोशुट गराएकी छिन् । यो फोटोशुटका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनको जलपरी अवतार देख्न सकिन्छ ।

रश्मीले गुलाबी बिकिनीमा फोटोशुट गराएकी छिन् । रशमीको यो बोल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइएको छ । रश्मीलाई पछिल्लो पटक नागिन ४ मा देखिएको थियो । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares