Thursday, April 25
Shadow

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ ।

प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो । अधिकांश मृतक नेपाली रहेका छन् ।’ प्रहरीले रेस्टुरेन्टको लाइसेन्स भए–नभएको बारे थप अनुसन्धान भइरहेको जनाउनुका साथै हालसम्म आगलागी हुनुको कारण खुल्न नसकेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares