Tuesday, August 25
Shadow

Author: Interview Nepal

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।...
कपिलवस्तुका उखु किसानले ८ बर्ष देखि भुक्तानी पाएन – मेयर अजय थापा सहित माइतिघर मण्डलामा धर्नामा

कपिलवस्तुका उखु किसानले ८ बर्ष देखि भुक्तानी पाएन – मेयर अजय थापा सहित माइतिघर मण्डलामा धर्नामा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - उखु किसान बिगत ९ बर्षदेखि सडकमा सरकार मौन आखिर कहिलेसम्म ? कपिलवस्तु जिल्लाबाट बिगत ३ दिनदेखी माइतीघर मण्डलामा सान्तिपुर्ण आन्दोलनमा हुनुहुन्छ उहाँहरुको भनाई हामीले ९ बर्ष मात्र बोल्यौ अब सरकार सुन्दैन भने हामी अर्को बाटो अप्नाउन तयार हुनेछौ । आखिर कहिलेसम्म मौन बस्ने किसानको पीडा कसले सुन्ने । किसानलाई साथ दिन शिबराज नगरपालिका प्रमुखको पनि उपस्तिथि थिए , उहाँ भन्नुहुन्छ म जहिल्यै जनताको साथमा छु यो समस्या मात्र उखु किसानको नभएर समग्र किसानको लागि सदैव तयार रहेको बताउनु भयो । सोही अवसरमा ७ नम्बर वडाका वडा अध्यक्षको पनि उपस्थित थियोकपिलवस्तुका उखु किसानहरू यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले द...
पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल द्वारा  १७ वटा प्रस्ताव

पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल द्वारा १७ वटा प्रस्ताव

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल ज्यूले विचार राख्दै नेपाल सरकार अन्तर्गतका मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रममा निम्न विषयमा आफ्नो सुझाव प्रस्ताव गर्नुभएको छ । १, सरकारले आगामी निति तथा कार्यक्रममा भौतिक पुर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने । २. उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने । ३, योजना निर्माण र कार्यान्वयन गर्दा संघिय मन्त्रालयहरू बिचमा अनिवार्य समन्वय हुनुपर्ने । ४, काम कारवाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तह बिचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने । ५. योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारवाहीका लागि कानुनी व्यवस्था गरिनुपर्ने । ६. पूर्वाधार विकासमा सुशासन कायम गर...
लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
भद्रपुर - लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको " अनन्त यात्रा" उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्र कुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेस अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा साहित्यकारहरु केशव आचार्य, घनेन्द्र शर्मा, तीर्थराज चापागाईँ,डाक्टर ठाकुर प्रसाद पोखरेल, दयाराम उप्रेती, तारा विविध, राजेन्द्र चापागाईँ,अनिरुद्र सिटौला, उषा गुरुङ, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, होम सुवेदी, गंगाराम ढुङ्गेल, भीमनाथ कोईराला, उमानाथ पोखरेल, राजेन्द्र कश्यप अधिकारी, गोविन्द कोईराला, महेन्द्र भट्टराई, आरती पोखरेल, खगिन्द्रा खुसी,तुलसी काफ्ले, कुमार पोखरेल, आनन्द घिमिरे , टोपलाल ज्ञवाली, मीना अधिकारी, गायक अर्जुन खरेल,जमुना खनाल , पत्रकारद...
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
  काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनबाट भन्सार एजेन्ट श्री भोलानाथ अर्यालको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा नवीन महतो, महासचिवमा समीर विष्ट, सचिवमा सोमनाथ खडाल, कोषाध्यक्षमा सुदिप कार्की सदस्यहरूमा क्रमशः सुमन तिमिल्सिना, दीपेन्द्र रिजाल, विकास भण्डारी, मनिष कुमार यादव, कपिल सत्याल, हुकुम सिंह शाह, सन्तोष गौतम, दीपेन्द्र प्रसाद भट्ट, नानुमैया कटवाल, सिर्जना सिंह निर्वाचित भएका छन् । भन्सार एजेन्ट संघका संस्थापक अध्यक्ष श्री कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो महाधिवेशनमा विशेष अतिथिको रूपमा नेपालमा पहिलो भन्सार सम्बन्धी विषयमा विद्यावारिधि गर्ने श्री डा. गौतम महर्जन रहनुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता श्री विक्रम भण्डारीले निर्वाचन ...
टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

टोपबहादुर खोज्दै प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

अपराध, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म (शुक्रबार बिहान १० बजेर ७ मिनेट) पक्राउ परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।...
राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अपराध, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ- राज्यकोषबाट उपचार खर्च पाउने कानुन नै खारेज गर्न माग गर्दै रिट दर्ता भएको छ । भिआइपी र भिभिआइपीले राज्यकोषबाट उपचार खर्च पाउने कानून खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ताद्वय राधिका चम्लागाईं र स्वागत नेपालले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद् सचिवालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालयसमेत विरुद्ध रिट दायर गरेका हुन् । राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने विज्ञप्तिप्रति शङ्का व्यक्त गर्दै आफूहरूले रिट दायर गरेको स्वागत नेपालले जानकारी दिएका छन् । मन लाग्दा राज्यकोषबाट खर्च लिने र विरोध हुँदा आफैँ व्यहोर्छु भन्ने अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भएको भन्दै अधिवक्ताद्वयले  झलनाथ खनालदेखि सुजाता कोइरालासम्मले अकुत सम्पत्ति हुँदाहुँदै पनि राज्यकोषलाई लुटेको भन्दै कानुन नै खारेज गर्न रिट दर्ता गरिएको जनाइएको छ । अकुत सम्पत्ति हुँदाहुँदै ल...
अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् । धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठ...
आजदेखि नेपाल र चीनबीचका सबै नाका खुल्ने

आजदेखि नेपाल र चीनबीचका सबै नाका खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं- तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाका आज (सोमबार)देखि खुल्ने भएका छन् । गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहित सबै नाका खुला गर्ने सहमति भएको छ । सोही सहमति अनुसार आजबाट नाकाहरु खोल्न लागिएको हो । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यस्तै, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका पनि खुल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै २०७६ चैत ११ गते कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि रसुवागढी–...
सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज दिउँसो स्वदेश फर्कंदै छन् । भारतमा उपचार गराई उनी काठमाडौं फर्कन लागेका हुन् । उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । गुल्मी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य भण्डारी आज दिउँसो नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौं नियमित उडानमार्फत नेपाल फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा करिब साढे दुई महिना उपचार गराएर सांसद भण्डारी स्वदेश फर्कन लागेका हुन् । भारतमा उनको मुख्य अपरेसनलगायत उपचार गरिएको मीनप्रसादले बताए । अब बाँकी उपचार र हेरचाह नेपालमै गरिने उनले जानकारी दिए । उनका अनुसार काठमाडौंमै थप उपचार गराउने सांसद भण्डारीको इच्छापछि चिकित्सकसित सल्लाह गरी यहाँ ल्याउन लागिएको हो । ड्रेसिङलगायत कार्य यहीँ गरिने मीनप्रसादले बताए ।...