काठमाडौं,असार ९ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।...
काठमाडौं,असार ९ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकार र सर्जकहरुले नयाँ(नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।
“किनारा” बोलको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन् । निरोज भट्टको शब्द र गायक बेल्बासेको संगीत रहेको “किनारा” बोलको गीतले यति बेला चर्चा बटुलिरहेको छ ।
उक्त गीतमा गायक,सर्जक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र विश्वास नेपालको संगीत संयोजन रहेको छ ।
प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियो...
काठमाडौ - नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधयकमा भन्सार ऐन संशोधन गरि भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएको विराेधमा देशै भरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गरि असार १० गते आईतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिने लगाएतका चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घाेषणा गरेका छन्।
भन्सार एजेन्ट प्रतिनिधि संघ संघर्ष समितिका संयाेजक खड्ग बहादुर कार्कीका अनुसार भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धि व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ।” भन्ने व्यवस्थालाई संशोधन गरि सो को सट्टा “नि...
काठमाडौं । मौसमविद् एवं समसामयिक बिषयका विश्लेषक डा. अम्बरिश पोखरेलले दलित अधिकारका पक्षमा चर्को कुरा गर्ने र आफूलाई कम्युनिष्ट हुँ भन्ने नेताहरुले नै दलितका छोरीहरुलाई बुहारी बनाउने र आफ्नो छोरीको विवाह दलितका छोरासँग गराउने आँट नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले समानताका कुरा गर्ने कम्युनिष्ट नेताहरुले त्यसो गर्न सक्दा मात्रै समाज परिवर्तन गर्न सहयोग पुग्ने बताउँदै तर त्यस्तो गर्न कम्युनिष्ट नेताहरुले आँट नगर्ने गरेको बताएका छन् ।
डा. पोखरेल भन्छन्ः
१. कति जना बाहुन क्षेत्री वर्गका ठूला कामरेडहरुले आफ्ना छोरीहरूको विवाह (खुसीसाथ) परियार, विश्वकर्मा, चमार, गंन्धर्व, सुनुवारदेखि तराईका मूसहरका छोराहरुसँग गराउनु भएको छ ? कसैसँग यसको उत्तर छ ? । अपवाद पनि भेटाउन गार्हो छ होला शायद ।
२. कति जना ठूला कामरेडहरूका घरमा परियार, विश्वकर्मा, चमार, गंधर्व, सुनुवारदेखि ...
काठमाडौ - सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेकोले नेपाल वातावरण पत्रकार समुह (नेवापस) ले खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता गरोस् भनेर प्रेस विज्ञप्ति निकालेको छ ।
१६ जेठ २०८०
प्रेस विज्ञप्ति
खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता गरियोस्।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको नेपाल वातावरण पत्रकार समुह (नेवापस) को ठम्याई छ। वैज्ञानिक अध्ययन...
काठमाडौ - नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेकमा भन्सार ऐन संशोधन गरि भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएको छ ।
भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धि व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ।” भन्ने व्यवस्थालाई संशोधन गरि सो को सट्टा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ“ भन्ने व्यवस्था गरेको छ ।सो उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३...
काठमाडौ - १५औं गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल तारकेस्वर नगर पालिका वडा नं १० का उपसभापतिको संयोकतत्वमा नेपाली काग्रेस बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य तथा महाधिवेशन प्रतिनिधी इन्द्रमान महर्जनको प्रमुख उपस्थिति मा २०६२/६३को आन्दोलनका पहिलो घाइतेहरु नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि एंव नेपाली काग्रेसका नेता डा. केदार नरसिंह केसि , केदार तिमिल्सिना लगायत नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का महाधिवेशन प्रतिनिधि,जिल्ला सदस्य क्षेत्रीय पदादिकारी हरु नगर पदाधिकारीहरु , वडा सभापती , जनप्रतिनिधी वडा अध्यक्षहरु लगायत भातृ संगठनका क्षेत्र प्रमुख हरुको उपस्तिथि मा शुभकामना आदान प्रदान र दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको थियोे ।
सो कार्यक्रम मा बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य ज्यु ले गणतन्त्र का हिमायती भन्ने हरुले नै गणतन्त्रको मर्म लाई बिर्सदै गएकोले जनतामा निराशा छाएको ...
✍🏼 -गौरव उप्रेती
वर्षौंदेखि, अनुसन्धानले देखाएको छ कि ,अष्ट्रेलिया अझै पनि एसियाली विद्यार्थीहरूको लागि उपयुक्त गन्तव्य हो जसले अमेरिका र यूके जस्ता विश्व शैक्षिक दिग्गजहरू विरुद्ध प्रतिस्पर्धा गर्दछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि, एक अष्ट्रेलियाली योग्यता वा प्रमाणीकरण प्राप्त गरिएको उच्च सम्मान गरिन्छ, र यसले तपाईंलाई प्रतिस्पर्धी बजारमा एक किनारा दिन्छ।
विश्वव्यापी रूपमा, अष्ट्रेलिया विदेशी विद्यार्थीहरूको लागि तेस्रो सबैभन्दा ठूलो शैक्षिक गन्तव्यको रूपमा उभिएको छ। यसले 22,000 पाठ्यक्रमहरू र 1,100 संस्थाहरू प्रदान गर्दछ जसमा छवटा विश्वविद्यालयहरू विश्वका शीर्ष 100 मध्ये उत्कृष्ट स्थानमा छन्।
साथै, अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि 3000 प्लस छात्रवृत्ति योजना अन्तर्गत 300 मिलियन लगानी गरेको छ जुन नेपाली विद्यार्थीहरूको विकासशील र ग्रामीण जनसंख्याको ला...
काठमाडौ - जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको टिप्पणी गरेका छन्।
मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयतालाई सबल गर्ने ठोस कार्यक्रम नदेखिएको भन्दै ‘संघीयता’ शब्दसमेत तीनपटक मात्रै उल्लेख गरिएको बताए ।
‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ,’ उनले भने, बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने– वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयताका बारेमा ल्याएको छैन।’
सांसद राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए।...
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसलाई अन्नको भण्डार भनेर पढाइए पनि मधेसका ५९ प्रतिशत बालबालिका कुपोषणको शिकार भएकाे बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राउतले मधेसलाई विशेष प्रदेशका रुपमा घोषणा गरेर त्यही अनुसारको प्याकेज ल्याउनुपर्ने बताए ।
‘मधेस अन्नको भण्डार भनेर पढाइन्छ, तर सबैभन्दा बढी कुपोषण मधेसमा छ । मधेसमा सबैभन्दा धेरै ५९ प्रतिशत बच्चाहरु रक्तअल्पताका शिकार भएका छन्,’ उनले भने, ‘मधेसलाई विशेष प्रदेशको रुपमा घोषणा गरी विशेष प्याकेज ल्याउनुपर्छ ।’...