Friday, August 21
Shadow

Author: Interview Nepal

आजको मौसम: मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम, समाचार
काठमाडौँ,असार १३ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी प्रदेश र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश प्रदेश, गण्डकी ...
आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०४ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ११ पैसा र बिक्री दर ०९ रुपैयाँ १६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र ब...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

जिवनसैली, समाचार
काठमाडौं । आज १३ असार बुधबार, २८ जुन २०२३ । असार शुक्ल दशमी, आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल - मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।   वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।   मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।   कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :  सौन्दर्यतामा ...
सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - २०८० असार ११ गते विभिन्न पुस्ताका सात कविका सात/ सात कविता रहेको नवीनतम् कृति "सोपान " संयुक्त कविता सङ्ग्रह बागबजार स्थित " द क्यापिटल फूड क्याफे"मा सम्पन्न भयो। उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि तथा बरिस्ठ कवि श्री ओम श्रेष्ठ" रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो । सोपान कविता सङ्ग्रहमा अग्रज र अनुज गरि सात जनाको कविता समावेस छन् भने अतिथि कविका रुपमा बरिस्ठ कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन्। सात कविहरूमा क्रमश: रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेक...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार
११ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।...
बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
११ असार, नुवाकोट (बाघखोर) । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र सोही आधारमा ल्याएको बजेट कार्यान्वयनको लागि नवौं  नगरसभा बाट पारित भएको छ । नगरपालिकाको केन्द्र बाघखोरमा (आइतबार) भएको आयोजित नवौं नगरसभाको खुला समारोहमा नगर प्रमुख जगत बहादुर गुरुङले पेश गरेको निति तथा कार्यक्रमको आधारमा बन्द सत्रमा नगर उप प्रमुख शिव प्रसाद दाहालले पेश गरेको आगामी आ.व को लागि ८० करोड १४ लाख रुपैयाँको बजेट सभा सदस्यहरुबाट पारित भएको हो ।  नगरपालिका उप-प्रमुख दाहालले नवौं नगरसभामा ८० करोड १४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । बजेटमाथि छलफल र पारित गर्दै नगरसभाको नवौं अधिवेशन सकिएको छ । ...
गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं ,११ असार । लोक तथा दोहोरी गायक प्रकाश सपूत माथि युरोपमा भएको साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपूतलाई बोत्तलले प्रहार गरिएको हो । उनी माथि बोत्तल प्रहार गरिएको भिडियो यतिबेला सामाजिक सन्जालामा भाईरल भएको छ । घटनाको केही बेर पछि सपूत फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे । सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन् ।...
राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी, काठमाडौं, असार ११ । चर्चित वाइबा,मनिशा खड्का र नबराज गौतमको नयाँ लोकदोहोरी गीत “फूल फुलेर मन्द” सार्वजनिक भएको छ । गायिका खड्काको प्रस्तुति रहेको गीतमा राजेश ढकालको शब्द , थेगो अनिश सत्शंकरको रहेको छ भने राम स्याङ्तानको संगीत रहेको छ । “फूल फुलेर मन्द” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुनको छ, एरेन्ज बिष्णु तामाङको रहेको यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सन्तोष तिमिल्सिना ले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा प्रकाश तामाङ राज,सन्तोषी थापा,मुना भुर्तेल र दिपेश ढकाल लगायत अन्यको अभिनय रहेको छ । “फूल फुलेर मन्द” गीतको भिडियोलाई राम स्याङ्तान अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
आज असार ११ गते सोमबारको राशिफल

आज असार ११ गते सोमबारको राशिफल

समाचार
काठमाडौं – आज २०८० साल असार ११ गते सोमबार,असार शुक्ल अष्टमी । यस्तो छ आजको तपाईहरुको राशिफल : मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट : माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ। कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्...
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

आर्थिक, समाचार
काठमाडौं, १० असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको हो ।...