Tuesday, August 25
Shadow

Author: Interview Nepal

रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, असार १० । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा राष्ट्रिय संगितकर्मी संघ कालिका गा.पा रसुवाको प्रस्तुतिमा नयाँ गीत “जाँउ घुम्न रसुवा” बोलको गित बजारमा सार्वजनिक भएको छ । “जाँउ घुम्न रसुवा” बोलको गितमा चर्चित गायक रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको सुमधुर आवाज रहेको छ । यो गीतमा शब्द गायकद्वय थापा र देवकोटाले संकलन गरेका छन् भने संगीत भिम बगाले र रामकुमार देवकोटाको रहेको छ । यस गितलाई एरेन्ज आर.के मिलनले दिएका छन् । “जाँउ घुम्न रसुवा” बोलको लोक दोहोरी भाकालाई काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन,छायांकन सरोज शाहीको रहेको छ भने सम्पदान कलर राजकुमार मगरको रहेको म्युजिक भिडियोमा भिम बगाले,दावा फिन्जो तामाङ,श्याम माया गुरुङ(तामाङ) र दीक्षा...
नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

नेपाल स्रष्टा समाजले “योगमाया सम्मान” अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेतलाई गर्ने 

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवस...
गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

समाज, साहित्य/कला
काठमाडौं । गजल प्रतिक सङ्ग्रामी (पहिचान गुमाएको मान्छे) गजलकार/ गीतकार · झुठको खेती लूटको बजार,छिमेकीको हो! हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो! न्यायालयपनि ठ्याक्कै,उसकै भाषा बोल्छ। यो देश हाम्रो होकी खै यार,छिमेकीको हो! देशद्रोही,देशका दुश्मन,सबै देशकै भएपनि, सबको बोली सबको विचार,छिमेकीको हो! पहिलो प्रहार गर्ने आफ्नै,घरका मान्छे हुन। थाहा छ मलाई दोस्रो प्रहार,छिमेकीको हो! उसकै जुठो खान्छ आमा,ऊ जस्तै देखिन्छ। कि तिम्रो सन्तान सिमा पार,छिमेकीको हो! तपाईको ऐनामा देखिएको,म होइन साहेब! कालो चरीत्र कालो अनुहार,छिमेकीको हो!! जो हाम्रो खून चुसेर,मोटाइराछ बालेन दाई। उसको मुख उसको मलद्वार,छिमेकीको हो! ...
(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,१० असार । जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, देशभरका भ्रातृ संगठन लगायतबाट तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।...
आजको मौसम : भारी वर्षा हुनसक्ने धेरै स्थानमा

आजको मौसम : भारी वर्षा हुनसक्ने धेरै स्थानमा

मौसम, समाचार
काठमाडौं,असार १० – देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली ,बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राति भने देशभर स...
आज असार १० गते आइतबारको राशिफल

आज असार १० गते आइतबारको राशिफल

समाचार
काठमाडौं – आज २०८० साल असार १० गते आइतबार,असार शुक्ल सप्तमी । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आज तपाईहरुको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन सम्पत्ति आर्जन हुने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। खर्च बढ्ने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै काम भएन भनेर छोड्नुभन्दा त्यसलाई निरन्तरता दिनु भलो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुरानो रोगबाट मुक्त हुनुहुनेछ। चन्द्रमा अनुकुल रहेकाले मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा ...
१२३ रन बनाउँदा नेपालको सातौं विकेट गयो

१२३ रन बनाउँदा नेपालको सातौं विकेट गयो

खेलकुद, समाचार
काठमाडौं असार, ९ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ । लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ ।
मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मन्त्री किरातीले भने प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भयो

मुख्य समाचार, राजनिती, समाचार, साहित्य/कला
काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको बाटो तर्फ ठूलो जग हाल्नसक्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भुगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताउनुभयो । ‘‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनक...
एसुसले नयाँ स्मार्टफोन ‘जेनफोन १०’ सार्वजनिक गर्ने तयारी

एसुसले नयाँ स्मार्टफोन ‘जेनफोन १०’ सार्वजनिक गर्ने तयारी

समाचार, सुचना प्रविधि
काठमाडौं,असार ९ । गेमिङको दुनियाँमा निकै नाम कमाएको कम्पनी एसुस (asus) ले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बजारमा ‘जेनफोन १०’ (Zenfone 10) नामको फोन ल्याउन लागेको हो । १२० हर्ज रिफ्रेस रेट सहितको ५.९ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने फोन जुन २९ मा सार्वजनिक हुने चर्चा छ । हालसम्म सार्वजनिक भएका फ्ल्यागशिप फोनमध्ये यो सबैभन्दा सानो साइजको फोन हुनेछ । यसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । त्यस्तै ८ जीबी र १६ जीबी र्‍यामसहित क्रमश: २५६ जीबी र ५१२ स्टोरेज रहेको छ । ...
चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिन्छ : महामन्त्री थापा

राजनिती, समाचार
काठमाडौं,असार ९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरि काम नगरे यो गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेरिने बताएका छन् । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ ।...