Sunday, January 12
Shadow

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल


  • -इ
  • इ+

काठमाडौं । आज १४ असार बिहिवार, २९ जुन २०२३ । असार शुक्ल एकादशी,हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) / ईद उल /अधार चतुर्मास व्रत आरम्भ
आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ ।

यस्तो छ आजको तपाईको राशिफल –
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :  आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज मनमा दुबिधा उत्पन्न होला । स्वास्थ्य तथा शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ, साँझमा भने धन हात पर्नसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कहीँ कतै भ्रमण गर्ने योजना पनि बन्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हात लाग्न सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : आज पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आजको दिन त्यति भरपर्दो रहनेछैन । अप्रिय समाचारले दुखी बनाउनसक्छ । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares