Thursday, May 7
Shadow

Author: Interview Nepal

यसो गर्दा बढ्छ स्मरणशक्ति

यसो गर्दा बढ्छ स्मरणशक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २२ सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय— नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ। निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ। दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ। दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ  र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ। सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पन...
नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २२ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्। आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।...
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

मुख्य समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २२ अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ । स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरुले आशयपत्र पनि बुझाएका थिए । तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल सरकारले स्याटेलाइट नीती पनि ल्याइसकेको र  अब यसलाई फरक ढंगबाट अगाडी बढाउनको लागि पुरानो खरिद प्रक्रिया रद्द गरेको बताए । ‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धे...
बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ ...
काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

अपराध
काठमाडौ,मंसिर २२ काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् । उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, स्वास्थ्य
काठमाडौ,मंसिर २२ कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । मानिसहरु आफ्नो घरमै बसीरहेका छन् । अतिआवश्यक काम भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कने गरेका छन् ।भारतको राजस्थानमा यही कोरोना महामारीबीच एउटा रोचक घटना बाहिर आएको छ । राजस्थानको केलवाडा कोभिड केन्द्रमा एक कोरोना संक्रमित जोडीले विवाह गरेका छन् । उनीहरुले पीपीई लगाएर विवाह गरेका हुन् । बेहुलीको विवाहकै दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...
राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक

ब्यानर समाचार, राजनिती
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । देशका विभिन्न ठाउमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार दिउसोको लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो । एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको बृहत् प्रदर्शन भएको थियो । हिजो मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए ।...
बुधसिंघाट कृषि  सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २२ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ । कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले स...
रहेनन् अब गायक जगतमर्दन थापा

रहेनन् अब गायक जगतमर्दन थापा

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २२ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए । १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ...
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २२ नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।...