Monday, September 27
Shadow

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २४
नेपाली काँग्रेस धादिङले मंसिर २९ गते सदरमुकाम धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ ।

सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए ।

सभापति धमलाका अनुसार तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उक्त दिन देशभर प्रदर्शन गर्ने छ ।

उनले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अपिल समेत गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्