Thursday, April 25
Shadow

टाइफाइड हुँदा कस्ता खानेकुरा खाने ?


  • -इ
  • इ+

काठमाडौ,मंसिर २३
टाइफाइड बिरामी साल्मोनेला टाइफी नामको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । यो बिरामी हुँदा शरीरमा रगतको कमी हुन थाल्छ । हाम्रो इम्यून सिस्टमलाई पनि कमजोर बनाउँदै कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन ।

यतिबेला उच्च ज्वरोले मानिसको पूरै शरीर तात्न थाल्छ । कैयौंपटक त डायरियाको समस्या पनि निम्तिन्छ । टाइफाइड हुँदा बिरामीलाई खास तरिकाको खानपिनमा ध्यान दिन चिकित्सक सल्लाह दिन्छन् ।

टाइफाइडहुँदा प्यास बढी लाग्ने हुँदा बिरामी डिहाइड्रेसनको शिकार पनि हुनसक्छ । डायरियाको समस्या पनि आउनसक्छ । यस्तो खतराबाट बच्न सबैभन्दा सरmल र उपयुक्त उपाय भनेकै तरल पदार्थ बढी प्रयोग गर्नु हो । दैनिक कम्तिमा ८ ग्लास पानी पिउनुपर्छ । नरिवलको पानी भएमा अझ बिरामीलाई टाइफाइडसँग लड्न सहयोग पुग्दछ ।

टाइफाडको ज्वरोबाट राहत पाउन छोगडा पनि एक उपयुक्त खाने कुरा हो । यसलाई युनानी औषधिको रुपमा पनि मानिन्छ । यसमा सेतो नुन मिलाएर वा भुटेर खानाले पनि टाइफाइडको ज्वरो कम हुनपुग्छ । ज्वरो उच्च भएपछि चारपाँच छोगडा पोलेर वा भुटेर पनि खान सकिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares