Thursday, March 28
Shadow

नागरिक उड्डयन प्राधिकरणले गर्यो आठ पारा पाइलटलाई कारवाही


  • -इ
  • इ+

काठमाडौ, मंसिर २४
पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ ।क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ ।

ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो ।

अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजना राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ पनि छन् । उनी सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्ने खेलाडी हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares